अपराध सुरक्षा समाज

६ वर्षीय बालक ७ महिनादेखि दाम्लोमा

६ वर्षीय बालक ७ महिनादेखि दाम्लोमा

Balak भदौ १२ । मोरङ बेलबारी–४ का एक ६ वर्षीय बालक भने दाम्लोमा बाँधिएर बस्न बाध्य छन् । जगत राउत सात महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्य बनेका हुन् । बोल्न र हिँड्न नसक्ने राउत गत फागुनदेखि दाम्लोमा बाँधिएका हुन् । हजुरबा र हजुरआमासँग बस्दै आएका उनलाई अर्थ अभावमा अहिलेसम्म अस्पतालमा देखाउन पनि लान नसकिएको हजुरआमा इन्दिरा राउतले बताइन् । ‘बजार जान्छु भनेर हिँडेकी बुहारी अहिलेसम्म आएकी छैन,’ इन्दिराले भनिन, ‘उपचार पाए नाति ठीक हुन्थ्यो कि ?’ दिनभरि दाम्लोमा बाँधेर राख्ने गरिएको राउतलाई राति भने कोठामा लगेर थुन्ने गरिएको छ । ‘

नातिलाई छाडौ, कता लडेर मर्ला भन्ने डर छ,’ इन्दिराले भनिन, ‘काम गर्न जान पनि पाइँदैन, हातमुख जोर्नै गाह्रो भयो ।’ राउतका बाबु गुञ्जन मोरङ सहकारी अस्पतालमा कार्यालय सहयोगी छन् । इन्दिराले भनिन, ‘हाम्रो हातपाउ बस्ने उमेर त होइन, तर नातिका कारण हातपाउ बाँधिएको छ ।

Baby nepal nepal

विशेष