बैंकहरु कृषि, पशुपालन तथा पर्यटनको विकासमा केन्द्रित हुनुपर्नेमा गर्भनरकाे जाेड
भदौ – १२ । नेपाल राष्ट्र बैंकका गर्भरनर चिरञ्जीवी नेपालले निक्षेप संकलनमात्र प्रमुख उद्देश्य राखेर बैंकहरु अगाडी बढ्न नहुने बताएका छन् ।
उनले बैंकहरुले लगानी कृषि, पशुपालन तथा पर्यटनको विकासमा केन्द्रीत गर्न जरुरी रहेको पाल्पाको तानसेनमा एनएमबी बैंकको ७१ औं शाखाको उद्घाटन गर्दै बताए हुन् ।
'वाणिज्य बैंकहरुमा थुप्रिएको बचतलाई प्रयोग गरेर सरकारले लगानीको वातावरण निर्माण गर्नुपर्छ’, उनले भने । जिल्ला जिल्लामा वाणिज्य बैंक खुल्नेक्रम तिव्र भएपनि यहाँ जम्मा भएको नगद रकमको सही सदुपयोग हुन नसकेको उनले बताए ।
'कृषि क्षेत्रको विकासले देशमा रोजगारका अवसर प्राप्त गराउने हुँदा यसको विकास नहुँदासम्म मुलुकको समग्र विकास हुन नसक्ने गर्भनरले बताए । धैरे दुर्गम स्थानमासमेत बैंकको शाखा खोल्नलाई माग आउने गरेको बताउँदै उनले बैंकबाट पैसा लिएर ठाउँठाउँमा लगानी गर्न आग्रह गरे।
dr chiranjibi nepal
governer