अपराध सुरक्षा

दाङमा नाबालिकादेखि ६५ वर्षीया वृद्धासमेत बलात्कृत

दाङमा नाबालिकादेखि ६५ वर्षीया वृद्धासमेत बलात्कृत
Rape भदौ - १२ । गत आर्थिक वर्षमा दाङ देउखुरी जिल्ला अदालतमा २७ वटा बलात्कारसम्बन्धी उजुरी दर्ता भएका छन् । उजुरीमा ३ वर्षकी बालिकादेखि ६५ वर्षिया बृद्धासमेत बलात्कृत भएको उल्लेख गरिएको छ । नाबालिकादेखि अशक्त बृद्धाहरु समेत बलात्कारमा पर्ने गरेका छन । अदालतको तथ्याङ्क अनुसार दर्ता भएका २७ वटा उजुरीहरु मध्य ८ वर्ष भन्दामुनिका ६ जना, १० वर्षदेखि माथि र १९ वर्षमुनिका ८ किशोरीहरु छन् । त्यस्तै एक ६५ वर्षिया बृद्धा पनि बलात्कृत भएको उजुरी अदालत परेको छ । ती घटनाहरु अध्ययन गर्दा प्रत्येक वर्ष बलात्कारका घटनाहरुमा बृद्धि भएको छ, भने करणी उद्योगका घटनाहरु समेत बढेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा २३ वटा बलात्कारका घटना भएका छन, भने आर्थिक वर्ष २०७१/७२ मा २५ वटा घटना र बितेको आर्थिक वर्ष २०७२/७३ मा ३१ वटा घटना भएका छन् । प्रहरीका अनुसारका बलात्कारको उद्योगअन्तर्गत आर्थिक वर्ष २०७०/७१ मा ४ वटा मुद्दा, आर्थिक वर्ष २०७१/७२ मा ११ र बितेको आर्थिक वर्ष २०७२/७३ मा ८ वटा घटनाहरु भएका छन् । यो तथ्याङ्क बाहेक सार्वजनिक नभएका धेरै घटनाहरु बाहिर आउन सकेका छैनन् । बिगतको तुलनामा यौनजन्य हिंसाका घटनाहरु सार्वजनिक हुने क्रम बढेको महिला अधिकारको क्षेत्रमा काम गर्ने निकायहरुले बताएका छन् ।

balatkar dang Rape teenage rape rate increase in Nepal

विशेष