अपराध सुरक्षा

हुलाका कार्यलयका नासु श्रेष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हुलाका कार्यलयका नासु श्रेष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर
Akhtiyar-Durupayog-anusandhan-aayog हुलाक सेवा विभाग अन्तर्गत रहेको नेपाल फिलाटेलिक ब्यूरो, सुन्धारामा कार्यरत नायव सुब्बा मणि कुमार श्रेष्ठविरुद्ध दख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको छ । श्रेष्ठले दैनिक टिकट बिक्री वापतको रकम राजश्र्वमा दाखिला नगरी टिकट मौज्दात देखाइ रकम हिनामिना गरेको भन्ने उजुरीको आधारमा उनी माथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका नेपाल फिलाटेलिक ब्यूरो, सुन्धारामा कार्यरत रहँदा आफ्नो जिम्मामा रहेका हुलाक टिकट तथा हुलाक बस्तुहरु मध्ये रु एक करोड सोह्र लाख उनान्सत्तरी हजार दुई सय अठासी रुपैयाँ त्रिचालिस पैसा मुल्य बराबरको हुलाक टिकट तथा हुलाक बस्तुहरुको दुरुपयोग गरी भ्रष्टाचारजन्य कसुर गरेको सप्रमाण पुष्टी अख्तिायरले बताएको छ । ना.सु. श्रेष्ठले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन अनुसार बिगोे र सजाय दाबी गरी आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको हो ।

Akhtiyar Hulak Mani Kumar Shrestha Stamp office Sundhara

विशेष