अपराध सुरक्षा समाज

शान्ता चौधरीको घरमा डकैती, मध्यरातमा धनमाल लुटियो

शान्ता चौधरीको घरमा डकैती, मध्यरातमा धनमाल लुटियो
Shanta Chaudhary 2 भदौ – १२ । पूर्वसभासद् शान्ता चौधरीको दाङको लक्ष्मीपुरस्थित घरमा गएराती लुटपाट भएको छ । शान्ता जेठानीको छोराको विहेका लागि घरबाहिर रहेको अवस्थामा घरमा लुटपाट भएको हो । चोरले ल्यापटप, ट्याव, केही गरगहना र खुत्रुकेमा जम्मा गरिएको झण्डै १५ हजारलगायतको धनमाल लगेको शान्ताले नेपाल आजलाई बताइन् । पूर्वकम्लरी समेत रहेकी एमाले नेतृ शान्ताले आजसम्म कमाएको र उपहारमा प्राप्त भएको सम्पत्ति सबै लुटिएको बताइन् । ‘छोरीका लागि पछि चाहिएला भनेर मैले केही गहना बनाएकी थिएँ, आमाले केही पुख्र्यौली गहना दिनुभएको थियो, साथीहरुले ल्यापटप र प्यानटप दिनुभएको थियो । सबै चोरी भयो ।’ मलिन स्वरमा शान्ताले भनिन्, ‘छोरीले सानै देखि खुत्रुकेमा पैसा राख्ने गर्थी । भरिन लागेको थियो । त्योपनि लगेछ ।’ शान्ता नयाँ किताव प्रकाशन गर्ने तयारीमा थिइन् । ‘गरिवी र राजनीति नामक पुस्तक लेखेर भ्याइएको थियो । त्यही ल्यापटप चोरी भयो । म के गर्नु गर्नु भएकी छु । मसँग अब केही छैन । ’ शान्ताले भनिन्, ‘प्रहरीले मुजुल्का लिएर गएको छ । जिल्ला प्रहरी प्रमुखपनि आउनुभएको थियो । भेटिन्छ भन्नु भएको छ ।’ दिउँसो बारी गोड्न उनी छिमेकीसहित खेतमा गएकी थिइन् । चाँडै नै विवाह जानुपर्ने भएपछि उनले साँचो बाहिर लुकाएर राखिदिन भनेकी थिइन् । विवाह गएकी उनी राती फर्किन पाइनन् । बिहान आउँदा ढोका खोलिएको र दराज फोरिएको देखिन् । उनले अप्रत्यासित घटनाको विवरण सुनाउँदै भनिन्, ‘मलाई डर लागि रहेको छ । म मात्रै घरमा हुन्छु । गाऊँघरमा यस्तो होला भन्ने कल्पनापनि गरेकी थिइँन ।’ शान्ता क्यान्सर पीडित हुन् । लामो समयको उपचारपछि क्यान्सर मुक्त हुँदैछिन् । विभिन्न रोगव्यादीले च्यापेकी शान्ता संर्घषशील व्यक्तिका रुपमा परिचित छिन् । दुई सन्तानकी आमा शान्ता १८ बर्ष कम्लरी बसेकी थिइन् । लक्ष्मीपुरको डाँडा गाऊँस्थित घरमा उनी एक्लै बस्दै आएकी छिन् । उनका छोरा र छोरी काठमाडौंमा पढ्दछन् । श्रीमानले अर्कै श्रीमती लिएर हिडेका छन् ।

chori Purba kamalary Shanta Chaudhary

विशेष