अपराध सुरक्षा

नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका पाइलटलाई बुद्ध एयरद्वारा निलम्बन

नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका पाइलटलाई बुद्ध एयरद्वारा निलम्बन
pilotभदौ – १३ । नक्कली प्रमाणपत्र भएको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धन ब्यूरो(सीआइबी)ले पक्राउ गरेका बुद्ध एयरका को–पाइलट स्वच्छन्द घलेलाई बुद्ध एयरलाइन्सले निलम्बन गरेको छ । बुद्धले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै पाईलटको प्रमाणपत्र प्रमाणिकरण गर्ने निकाय नेपाल नागरिक उड्यन प्राधिकरण(क्यान)मात्र भएको र उसैकको स्वीकृती पश्चतमात्र आफूहरुले नियुक्ती दिने गरेको कुरालाई स्मरण गराएको छ । को–पाइलट घलेलाई सिआइबीले आईएसीको नक्कली प्रमाणपत्र प्रयोग गरेर अर्फिकाबाट पाइलट पढेको आरोप लगाएको छ । बुद्ध एयरले नियमनकारी निकाय क्यानको स्वीकृति तथा प्रमाणीकरणको आधारमामात्र आफूले नियुक्ती दिएको र अव प्रहरीको पक्राउ गरिसकेको अवस्थामा घलेलाई निलम्बन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Buddha airline Fake Pailot pilot nilambit

विशेष