६ सय मेगावाटका लागि चाहिने पैसा तयारी अवस्थामा छ, तर पनि मुलुक अध्याँरै
भदौ १४ । विभिन्न वित्तसंस्था र ठूला कोष रहेका सस्थाले आन्तरिक पुँजीबाट तत्काल ६ सय मेगावाटबराबरको आयोजनामा लगानी गर्न सकिने जानकारी सरकारलाई दिएका छन् ।
उनीहरुले तत्काल ८८ अर्ब ६० करोड रुपैयाँ जलविद्युतमा लगानीका लागि तयारी अवस्थामा रहेको बताएका छन् । यी संस्थाहरुले हरेक वर्ष जलविद्युतमा मात्रै ५४ अर्ब ६० करोड रुपैयाँका दरले थप लगानी गर्न सकीने विवरण ऊर्जामन्त्री जनार्दन शर्मालाई दिएका छन् । अन्नपूर्ण पोस्ट्बाट