ओटोमोबाइल

नेपाली बजारमा टाटाको टियगो

नेपाली बजारमा टाटाको टियगो

tiago12

भदौ १४ । नेपालमा प्यासेन्जर कारको बजार हिस्सा बढाउन आक्रामक बन्दै गएको टाटा मोटरले नयाँ ह्याचब्याक गाडी टियागो कार सोमबार सार्वजनिक गरेको छ ।

कमर्सियल भेहिकलमा एक्सपर्ट मानिने टाटाले पछिल्ला दुई बर्षयता आफ्ना प्यासेन्जर कारलाई बिश्वस्तरीय ब्राण्डसँग प्रतिस्पर्धा गर्नेगरी तयार पारिरहेको छ । इञ्जिन, पर्फमेन्स, डिजाइन, सुविधा लगायतका सवै पक्षमा टाटाले टियोमार्फत आफुलाई पुनः परिभाषित गर्ने कोसिस गरेको छ ।

बोल्ट र जेस्टजस्ता पछिल्ला मोडलमा टाटाले आफुलाई सुविधा र इन्जिनमा अब्बल सावित गरिसकेको छ । नयाँ ह्याचब्याक टियागोमार्फत् टाटाले डिजाइनमा पनि नयाँ बेञ्चमार्क सेट गरेको छ । स्र्पोटी लुक्सको गाडीलाई नेपाली उपभोक्ताले निकै रुचाउने कम्पनीको विश्वास छ ।

Indian Car

विशेष