अर्थ

भृकुटी मन्डपमा नाडा अटो शो प्रर्दशनीमा, बैंकले गाडी मूल्यको ८२ प्रतिशत कर्जा दिने

भृकुटी मन्डपमा नाडा अटो शो प्रर्दशनीमा, बैंकले गाडी मूल्यको ८२ प्रतिशत कर्जा दिने
NADA Auto Show 2015 भदौ - १४ । राजधानीको भृकुटी मन्डपमा नाडा अटो शो मंगलबारबाट सुरु भएको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा हुने प्रर्दशनीमा गाडी नै गाडीका स्टल छन् । दसैंको मुखमा अटो शो गरेर धेरैभन्दा धेरैलाई सरल र सहज उद्देश्यले गाडी बिक्री गर्नु आयोजकको उद्देश्य हो । ग्राहकलाई फाइनान्सिङ गर्न सजिलो होस् भनेर बैंकहरुले यो बेलामा गाडी कर्जामा स्किम पनि ल्याउँछन् । माछापुच्छ्रे बैंकले ६.७५ प्रतिशत ब्याज दरमा नाडाकै लागि कर्जा स्किम ल्याएको छ । बैंकले गाडीको मूल्यको ८२ प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ सात बर्षसम्मका लागि । हिमालयन बैंकले पनि ब्यक्तिगत प्रयोजनका लागि गाडि किन्नेलाई साढे ६ प्रतिशत ब्याजमै कर्जा दिने घोषणा गरेको छ । यो कर्जा सात बर्षे अवधिसम्म पाइन्छ । बैंकहरुले कर्जाको ब्याज दर मात्र झारेका छैनन् सर्भिस चार्ज पनि घटाएका छन् । ०.२५ प्रतिशतदेखि ०.७५ प्रतिशतसम्म यस्तो शुल्क लिन्छन् । यसअघि यस्तो कर्जाको अतिरिक्ता शुल्क एक प्रतिशतभन्दा माथि हुन्थ्यो । अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि कर्जा स्किम घोषणा गरिरहेका छन् । कन्जुमर बैंकिङतर्फ सवारी साधनमा बैंकहरु वढी फोकस पनि छन् । उनीहरुले नाडा अटो सोकै लागि भनेर स्किम नल्याए पनि तुलनात्मक रुपमा अरुभन्दा गाडी कर्जाको ब्याज दर सस्तो राखेका छन् । नेपालमा बार्षिक रुपमा गाडीको ब्यापार बढ्न थालेका कारण पनि बैंकहरु यो कर्जा्तिर आकर्षित भएका छन् । पाँच बर्षअघि नेपालका बैंक तथा वित्तीय संस्थाहरुले हायर पर्चेजअन्तर्गत गाडिमा ५३ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । अहिले यो कर्जा एक खर्ब १० अर्ब रुपैयाँ प्रवाह गरिसकेका छन् । अहिले इन्ट्री लेभलको गाडीहरु १३ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुन्छ । मध्यमवर्गीय उपभोक्तालाई लक्षित गर्दै कम्पनीहरुले २५र३० लाख रुपैयाँसम्मका गाडीहरु भित्राइरहेका छन् । तपाईले बार्षिक औषत साढे सात प्रतिशत ब्याजमा १४ लाख रुपैयाँको गाडी सात बर्षे फाइनान्समा लिनु भयो भने बैंकले ८० प्रतिशतसम्म कर्जा दिन्छन् । यसो हुँदा तपाईले ११ लाख २० हजार रुपैयाँ बैंकबाट फाइनान्सिङ सुविधा पाउनु हुन्छ । यो आधारमा तपाईले मासिक बैंकलाई १७ हजार १७९ रुपैयाँ तिर्नु पर्ने हुन्छ । बैंकहरुले योभन्दा केही सस्तो ब्याजमा र १० बर्ष अवधिसम्मको यस्तो कर्जा उपलब्ध गराइरहेका छन् । यसो हुँदा तपाईले मासिक तिर्नु पर्ने इएमआइ अझ सस्तो पर्न जान्छ । गाडी किन्नका लागि तपाईले आफ्नो आम्दानीको विवरण, नागरिकताको प्रतिलिपी र एउटा पासपोर्ट साइजको फोटो बैंकलाई वुझाउनुपर्छ । तपाईको कार्यालयले तपाईले कति तलवको विवरण दिएपछि कुनैकुनै बैंकले ६ महिनासम्मको बैंक स्टेटमेन्ट पनि माग्न सक्छन् । तपाईले गाडी किन्दा कोही आफन्त ग्यारेन्टर वसेमा उसको पनि आम्दानी र व्यक्तिगत विवरण आवश्यक पर्छ । यति भएपछि बैंकले तपाईले वुझाएको विवरणमा चित्त बुझाएमा ऋण दिन्छ । गाडी कर्जा खासै जोखिमपूर्ण नभएकाले बैंकहरुले आम्दानी स्रोतका आधारमा तपाईलाई सजिलै कर्जा दिन्छन् ।

bank karja nada auto show

विशेष