अर्थ कर्पोरेट

एडभान्स अटोमोबाइल्सले नेपालमा ल्यायो चर्चित ब्रान्ड 'रेनोल्ट'

एडभान्स अटोमोबाइल्सले नेपालमा ल्यायो चर्चित ब्रान्ड 'रेनोल्ट'
renault-nepalaaja भदौ १४ । नेपाली अटोमोबाइल्स क्षेत्रमा विश्वको चर्चित ब्रान्ड रेनोल्ट भित्रिएको छ । एडभान्स अटोमोबाइल्सले नेपालका लागि आधिकारिक बिक्रेता हुँदै रेनोल्ट गाडी भित्र्याएको छ । पहिलो पटक नेपालमा प्रवेश गरेको यस कम्पनीले सोमबार औपचारिक रुपमा सार्वजनिक गरेको छ । हामीले नेपालमा पहिलो पटक विश्वको उत्कृष्ट ब्रान्ड रेनोल्ट ल्याएका छौं,’ एडभान्स अटोमोबाइल्सका मार्केटिङ म्यानेजर सन्दिप क्षेत्रीले भने, ’रेनोल्ट ब्रान्डलाई अगस्ट २९ (भदौ १३ गते) औपचारिक रुपमा काठमाडौंमा सार्वजनिक गर्दैछौं ।’ duster-renault-nepalaaja-1 रेनोल्ट विश्वको प्रख्यात फ्रान्सेली कम्पनी हो । सन् २००५ मा निशान कम्पनीसँग साझेदारी गरेर भारतमा पहिलो पटक सार्वजनिक भएको थियो । विश्वको चर्चित ब्रान्डलाई नेपालमा ल्याउँदा उत्साहित रहेको क्षेत्रीले बताए । प्रि–बुकिङ समेत सुरु गरिसकेको रेनोल्ट ब्रान्ड अन्तर्गत हाल दुई गाडी उपलब्ध छन् । यस ब्रान्डमा रेनोल्ट डस्टर र रेनोल्ट क्विड रहेका छन् । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको डस्टर १५९८ सिसी रहेको छ । वल्र्ड क्लास सेक्युरिटी फिचर रहेको डस्टर डस्टर पर्ल ह्वाइट, ग्यालेक्सी ब्ल्याक, मुनलाइट सिल्भर, अमाजन ग्रिन, वुडल्यान्ड ब्राउन, अमेट ग्रे र सेना अरेन्ट गरी सात रङमा रेनोल्ट उपलब्ध छ । kwid-renault-nepalaaja-1 ३ वटा भेरियन्टमा उपलब्ध भएको रनोल्ट क्विड उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको एसयुभी गाडी हो । ८०० सिसी भएको यो गाडी आफ्नो इच्छा अनुसार ५ कलरमा छान्न सकिन्छ । फेरि रेड, आइस कुल ह्वाइट, मुनलाइट सिल्भर, आउटब्याक ब्रोन्ज र प्लानेट ग्रेमा क्विड उपलब्ध छ । भदौ १४ गतेदेखि सुरु हुन लागेको अटोमोबाइल प्रदर्शनीभन्दा अघि नै सार्वजनिक गर्न लागिएको रेनोल्ट यसै अवसरमा केही डिस्काउन्टको अफर रहेको छ ।

duster and kwid renault renault in nepal renault preview in nepal

विशेष