ओटोमोबाइल

२०२० सम्ममा यस्ता इलेक्ट्रोनिक कार भित्रिने

२०२० सम्ममा यस्ता इलेक्ट्रोनिक कार भित्रिने
भदौ – १४ । अहिलेका हरेक गाडी चलाउने उर्जाको लागि डिजेल, पेट्रोल चाहिने गर्छ । यसका साथै यसबाट निस्किने धुवाँले वातावरण प्रदुषण पनि बनाउँछ । साथै अहिले पेट्रोलियम पदार्थको अभाव बढेको कारण मानिसले त्यसको वैकल्पिक उर्जा खोजिरहेका छन् । जसमा इलेक्ट्रोनिक्स बजारको चर्चा बढिरहेको छ । electric-car_technology_of-100599537-primary.idge त्यसैले बजारमा इलेक्ट्रोनिक गाडीको पनि चर्चा बढेका छन् । प्रदुषण कम अनि चार्ज गरेर सरर गुड्ने विशुद्ध इलेक्ट्रोनिक कार सन् २०२० सम्म जनरल मोटर्स र फक्सवागन जस्ता कम्पनीहरुले बजारमा ल्याइसक्नेछन् । त्यसलगायत तेस्ला, मर्सेडिज, भोल्बो, फराडे तथा पोर्से जस्ता कम्पनीले पनि इलेक्ट्रोनिक कार बनाउने तयारी गरेका छन् । Electic car 1 इलेक्ट्रोनिक कारमा पनि पेट्रोलियम कारको जतिको रफ्तार पकड्न सक्ने निमार्णमा तयारी भइरहेको छ । जनरल मोटर्सले घोषणा गरेको छ कि उसले पहिलो सस्तो र लङ रेन्ज कारको निर्माण गर्नेछ । यो कारण २०१६ को अन्तसम्म उपलब्ध हुनेछ । यसको रेन्ज प्रति चार्ज ३२१ किलोमिटर हुनेछ ।

Electric Car

विशेष