अर्थ

बेनल्ली कम्पनीका कारमाभन्दा महंगा मोटरसाईकल

बेनल्ली कम्पनीका कारमाभन्दा महंगा मोटरसाईकल
भदौ–१४ । नाडा अटो शो २०१६ मा राखिएका मोटरसाईकल तथा स्कुटर कार भन्दा पनि महँगो रहेका छन् । बेनल्ली कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर सहर्षराज रिजालका अनुसार ८ सय सीसीको डाट्सन रेडी गो गाडीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ तर बेनल्लीको एउटै मोटरसाइकलको त्यो भन्दा बढी मूल्य पर्छ । nada 1 बेल्ली कम्पनीको ११ सय ३० सीसीको मोटरबाइकलाई मोडल हेरी रुपैयाँ पर्ने र यो स्पेशल अर्डरमा मात्र झिकाइने रिजालले बताए । केटीएम् इन्टरनेशनल ट्रेडिङ प्रा.लि., बेनल्लीको नेपालको आधिकारिक विक्रेता हो । नेपालका लागि नयाँ भए पनि यो कम्पनी विश्वका पुराना कम्पनीहरुमा गनिन्छ । सन् १९११ मा स्थापना भएको बेनल्लीले बाइक र स्कुटरका साथै इलेक्ट्रिक साइकल र माउन्टेन बाइक पनि बजारमा ल्याएको छ । बेनल्लीले नाडा अटो शोको अवसरमा ६ सय सीसीको मोटरसाईकलको खरिदमा सामसुङ एस सेभेन मोबाइल, ३०० सीसी र २५० सीसीको मोटरसाइकलमा बेल क्वालिफायर हेलमेट र स्कुटरमा सामसुङ जि फाइभ फोन निःशुल्क दिइने बेनल्ली कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर रिजालले बताएका छन् ।

benelli bike

विशेष