अपराध सुरक्षा

विमानस्थलबाटै खेलाडी बेपत्ता प्रकरणको छानविन समिति गठन

विमानस्थलबाटै खेलाडी बेपत्ता प्रकरणको छानविन समिति गठन
Rakhepभदौ–१४ । जुलाई ५ तारिखको दिन जापानमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने क्रममा टोकियो विमानस्थलबाटै खेलाडी बेपत्ता भएको थियो । यसै सम्बन्धमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छानविन समिति गठन गरेको छ । यस प्रकरणले खेलको अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुद प्रति नकारात्मक सन्देश प्रवाह भएको छ । यसका साथै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी संघलगायतले छानविनको माग गरेकोले राखेपका सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । समितिका सदस्यमा राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानून शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई ७ बुँदामा केन्द्रीत रहेर सत्यतथ्य पत्ता लगाई ५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । समितिलाई सो कार्यमा कस्को संलग्नता रहेको, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेको, आईसीसीको आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिइ किन प्रतियोगितामा भाग लिएको जस्ता विषयमा छानविन गर्न भनिएको छ । त्यस्तै आईसीसीको निर्देशन अनुसार क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटामार्फत खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले जनाएका छन् ।

Cricket Human Trafficking Nepal Khaladi Rakhep

विशेष