अपराध सुरक्षा ताजा खबर

खसी चोर पक्राउ

खसी चोर पक्राउ

Chor

भदौ १५ । बेनी नगरपालिका–३ मा रहेको अर्जुन माविको कम्प्युटर र स्थानीयको खसी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको भलाखर्क गाविस–९ घर भई हाल बेनपा–२ अर्जम बस्ने २३ वर्षीय शिव अधिकारीलाई मंगलबार चोरी गरेको खसी र कम्प्युटरहरुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अधिकारीको साथबाट २०७३ भदौ २ गते अर्जुन माविबाट चोरी भएको चार सेट कम्प्युटर पनि बरामद गरिएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुङले बताए । बेनपा–२ अर्जममा कुखुरापालन र चटपट व्यवसाय गर्दै आएका (रामु) भनेर चिनिने अधिकारीले ज्यामरककोटकी दुर्गा सुवेदीको घरबाट चोरी गरेको खसी बागलुङमा लगेर बेच्ने क्रममा पक्राउ परेका हुन् ।

खसी खोज्दै बागलुङ पुगेकी सुवेदीले अधिकारीले बिक्रीका लागि डुलाउँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खसी पक्राउ गरेपछि थप सोधपुछ गर्दा कम्प्युटर पनि चोरी गरेको रहस्य खुलेको हो । अधिकारीले चोरी गरेको कम्प्युटर र सामानहरु कोठामा राखेको अवस्थामा भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा अधिकारी दिनमा व्यापार, व्यवसाय र रातमा चोरीमा संलग्न हुने गरेको खुलेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको र चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।

Chor

विशेष