अपराध सुरक्षा समाज

बलात्कारीलाई १६ बर्ष जेल सजाय

बलात्कारीलाई १६ बर्ष जेल सजाय

rape भदौ १५ जिल्ला अदालत इलामले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

मंगलबार न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम आठवर्ष कैदको सजाय सुनाएको छ ।

सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (कं) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बरसमेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बरबमोजिम तीनवर्ष गरी १६ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिएका छन् । अदालत स्रेस्तेदार भट्टराईका अनुसार राईले अदालतले भनेबमोजिम पीडितलाई ७५ हजार क्षतिपूर्ति पनि दिनु पर्ने भएको छ । कसुरदार राईले ती बालिकालाई २०७० साल यता पटक–पटक बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध गतबर्ष फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

anjali ramtel Rape In Ilam

विशेष