अपराध सुरक्षा

भूकम्पपीडितका नाममा कराेडाैँ रकम उठाइ हिनामिना गर्ने एनजिअाे पदाधिकारी पक्राउ

भूकम्पपीडितका नाममा कराेडाैँ रकम उठाइ हिनामिना गर्ने एनजिअाे पदाधिकारी पक्राउ
arreste-pakrao भदौ – १५ । भूकम्पपीडितको नाममा रातहतको रकम उठाइ ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा काठमाण्डौ बुढानिलकण्टका सकुन शेरचन्द र सप्तरी पाटो गाविस १ का अमरकान्त चौधरी रहेका छन् । विभिन्न देशका दाताले भूकम्पपीडितलाई राहत लागि दिएको एक करोड ६० लाख ७८ हजार पाँच सय रुपैयाँ हिनामिना गरेकोको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । बुद्धिष्ट जनाधिकार मञ्च गैरसरकारी संस्था हो । यो संस्था काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा २०७० सालमा दर्ता भएको थियो । यो शेरचन्द्र संस्थाका अध्यक्ष हुन भने चौधरी महासचिव रहेका छन् । यही संस्थाका आधारमा उनीहरुले विभिन्न देशका विदेशी संघसंस्थासँग आर्थिक सहयोगका लागि आह्वान गरेका थिए । अमेरिकास्थित गो फन्ड मि, मलेसियाको शाक्यमुनि पाउण्डेन र दुबईको मेकान्नीलगायतका संस्थाले तथा व्यक्तिहरुले सहयोग स्वरुप पटक–पटक गरी सो संस्थाको बैंक खातामा रु तीन करोड १७ लाख४६ हजार पाँच सय एक रुपैयाँ जम्मा गरिदिएको थिए । दाताहरुले सहयोग गरेको सो रकममध्ये एक करोड ६० लाख ७८ हजार पाँच सय भूकम्प पीडितलाई राहत वितरण गरेको नक्कली कागजपत्र बनाइ ठगी उनीहरुले हिनामाना गरेका पूर्व पदाधिकारीको आरोप छ । पूर्व पदाधिकारीहरुले दिएको निवेदनका आधारमा दुबैलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । शेरचन्द्र र चौधरीले भूकम्प पीडितको नाममा ठूलोधनराशी हिनामिना गरेको निवेदन संस्थाका पूर्व पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा पेश गरेका थिए । सो निवेदन गृहमन्त्रालय हुँदै ब्यूरोमा पुगेको थियो । महासचिव चौधरी गत ८ गते पक्राउ परेका थिए । त्यस लगत्तै ब्यूरोले अध्यक्ष शेरचन्दलाई भदौ १० गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

NGo NGO nepal Pakrow

विशेष