अपराध सुरक्षा समाज

किशोर किशोरी यसरी पस्छन सेटिङमा क्लबभित्र

किशोर किशोरी यसरी पस्छन सेटिङमा क्लबभित्र

Night Club

भदौ १६ । स्कुले विद्यार्थीहरु क्लब धाउनु समस्या होईन, त्यहा गईसकेपछि गर्ने गतीविधी र झगडा चाही खास समस्या हो । गत साउन ८ गते काठमाण्डौको सोह्खुटेमा भएको ग्याङफाईट यसकै एक उदारण रहेको महानगरिय प्रहरी वृत सोह्खुटे ईन्सपेक्टर उमेश लम्सालले बताए ।

त्यतीबेला एउटी युवतीको निहुँमा सुशान्त श्रेष्ठ र सौरभ श्रेष्ठ बिच झगडा भएको थियो । जसको कारण सुशान्त गम्भिर हुने गरि कुटिएका थिए । उपचारको क्रममा उनको मृत्यु भयो । ‘सुशान्तको ग्याङ त्यती बेलाठमेलको फ्रन्की फिटको डे पार्टीबाट निस्किएको रहेछ । सबै भर्खरका केटाकेटी थिए ।’ इन्स्पेक्टर लामाले भने ‘सबै जना नशामा लठ्ठ थिए । आफ्नो प्रेमिकालाई ¥याक गरेको भनेर सौरभलाई कुट्न सोह्खुट्ेमा बसेका रहेछन । बेलुका ६ बजे दुबै समुहविच भनाभन भएछ । भनाभन हुदाहुदै हानाहान भएछ । त्यही क्रममा सुशान्त सडकमा ढलेछन । उनीमाथी इटा, रड र निकल प्रहार भएछ । एकोहोरो कुटाई खाएका उनको अनन्त मृत्यु भयो ।’ त्यस घटनापछि प्रहरीले ठमेलको क्लबमा निगरानी गरेको बताउछ ।

ठमेल पर्यटन विकास परिषदको आचारसहिंता १८ वर्ष मुनिका किशोरकिशोरीलाई क्लब भित्र पस्न नदिनु भन्ने छ । तर, यो नियम व्यवहारमा लागु छैन । सोह्खुटे घटना र लगातारको गुनासो पछि ठमेल प्रहरीले सक्रियता भने बढाएको छ । गत साउन २२ गते प्रहरीले फ्रन्की फिट क्लबका सञ्चालक बाबुराज खड्कालाई त सार्वजानिक अपराध अन्र्तगत मुद्धा नै चलायो ।

अन्डरएजका कारण विभिन्न घटना हुन थालेपछि प्रहरीले कडाई गर्न थालेको ईभेन्ट आयोजक पनि स्विकार्छन । ‘ तर यो सब बार्गेनिङ नमिलेर हो । सेटिङ मिलेपछि सब चुप लाग्छन ।’ एक अर्गनाईजरले भने । ‘१८ वर्षमुनिका किशोरकिशारी आए पैसा लिएर भित्र छिराउछौ । उनीहरु एकछिन नाच्छन । त्यसपछि प्रहरी आउदैछ भनेर बाहिर निकाल्छौ । त्यसो गर्दा पैसा पनि आयो, प्रहरीबाट पनि बचियो ।’

शुक्रबारबाट

Night Culb Nepal

विशेष