अर्थ

ग्यासको मूल्य ५० रुपैयाँले घट्यो

ग्यासको मूल्य ५० रुपैयाँले घट्यो
gasभदौ - १६ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य घटाएको छ । निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासमा ५० रुपैयाँ मूल्य घटाएको हो। निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले एक सिलिण्डरमा ५० रुपैयाँ कम गरिएको जानकारी दिए । इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाउनेबारे निर्णय गरेको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखेको छ। अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा पाउनेछन् । सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन ग्यासको मूल्य घटाउन निर्देशन दिएका कारण निगमले मूल्य घटाएको हो । आइओसीले पठाएको मूल्य अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेकोले मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४७ डलर ४ सेन्ट पुगेको छ ।

Gas gas ko mulya ghatyo Nepal Oil Corporation

विशेष