ओटोमोबाइल

नाडा अटो सोमा देखिएका रोचक प्रसंगहरु (भिडियोसहित)

नाडा अटो सोमा देखिएका रोचक प्रसंगहरु (भिडियोसहित)
भदाै - १७ । अटो मोबाइल एसोसियसन (नाडा)को अटो मेला काठमाडाैंको मृकुटीमण्डपमा गत मंगलबारदेखि जारी छ । गाडिहरुको खरिदबिक्रि गरिने कुम्भ मेलामा ५० हजारभन्दा वढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान छ । सवारीसाधन खरिदबिक्रिबाट २ सय करोडभन्दा वढी व्यवसाय गर्ने मेला आयोजकको लक्ष्य रहेको छ । nada-auto-shoe-8-nepalaaja शुक्रबारसम्म लगभग ३५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरिसकेका छन् । ४ सय चारपांग्रे गाडि र ६ सयभन्दा वढी दुईपांग्रे गाडि बुकिंग भएसकेको छन् । मेलामा ७३ कम्पनीका १ सय २५ स्टल रहेका छन् । मेलामा टाटा, डाट्सन, टोयोटा, फक्स्वागन, सुजुकी, महेन्द्रलागयतका कम्पनीका चार पांग्रे गाडि प्रदर्शनमा राखिएका छन् । त्यस्तै केटिम, सुजुकी, बेनर्ली, होन्डा, हिरोलगायतका दुई पांग्रे गाडिहरुको प्रदर्शन देख्न सकिन्छ । nada-auto-shoe-7-nepalaaja चार पांग्रे गाडि केन्द्रीत यो मेला विशेषतः चार पांग्रे गाडिहरुको केन्द्र बनेको बताइएको छ । यस मेलामा नयाँ तथा पुराना सबै प्रकारका गाडि प्रदर्शनमा राखिएका छन् । विशेषगरी यहि मेला कै लागि भनेर कतिपय कम्पनीले नयाँ मोडेलका गाडिहरु पनि भित्र्याएका छन् । nada-auto-shoe-5-nepalaaja यस सोमा विभिन्न ३६ ब्राण्डका गाडिहरु प्रदर्शनीमा राखिएका छन् । १६ ब्राण्डका चार पांग्रे, १५ ब्राण्डका दुई पांग्रे र पाँच ब्राण्डका कमर्सियल गाडि राखिएको नाडाले जनाएको छ । मेलामा नेपाली बजारमा चलेका विभिन्न देशले उत्पादन गरेका गाडिहरु अवलोकन तथा खरिद गर्न आउनेको भिड लागेका छ । सोमा भित्रिएका नयाँ गाडिहरु नयाँ गाडिहरुमा मारुती सुजुकीको भिटारा, टाटाको टिपागो, डाट्सनको रेडि गो, महेन्द्रको टियुभी रहेका छन् । मेलामा डिजेल, पेट्रोलबाट चल्ने गाडि मात्र नभएर विद्युतिय गाडि तथा मोटरबाइक पनि प्रदर्शनीमा राखिएको छ । बढ्दो प्रदुषणलाई कम गर्न विद्युतिय गाडि तथा बाइकहरु उपयुक्त हुने दाबी गरिन्छ । nada-auto-shoe-2-nepalaaja सबैभन्दा महंगा कार मेलामा राखिएका गाडि मध्ये निसान कम्पनीको एक्स ट्रायल गाडि सबैभन्दा महंगो हो । यसको मूल्य १ करोड २५ लाख तोकिएको छ । ८ रङमा उपलब्ध यो गाडिमा १९९७ सिसिको इन्जिन रहेको छ । दोस्रोमा भने नेपालका लागि पूजा इन्टरनेसनल नेपाल आधिकारिक विक्रेता रहेको फक्सवागन कम्पनीको टिगुआन २ः० रहेको छ । टिगुआन २ः० गाडि पेट्रोल र डिजेल दुबैमा प्राप्त गर्न सकिन्छ । यसको मूल्य १ करोड सात लाख रहेको पूजा इन्टरनेसनलले जनाएको छ । १९८४ सिसिको शक्तिशाली इन्जिन रहेको यो गाडि अत्याधुनिक रहेको छ । Volkswagen Tiguan त्यस्तै, टोयोटा कम्पनीको र्‍याप तेस्रो महंगो कार रहेको छ । यसको नेपाली मूल्य १ करोड ६ लाख रहेको युनाइटेड ट्रेड स्यान्डिकेटले बताएको छ । ५ जनाको सिट क्षमता भएको यस यस गाडीमा तीन वर्षको वारेन्टी रहेको छ । र्‍यापमा चार सिलिन्डरको शक्तिशाली इन्जिन रहेको छ । nada-auto-shoe-4-nepalaaja सबैभन्दा सस्तो कार नाडा अटो मेलाको सबैभन्दा सस्तो मूल्यको चार पांग्रे गाडीहरुमध्ये रेडि गो रहेको छ । यसको बजार मूल्य १३ लाख ९९ हजार रहेको छ । यसलाई पायोनियर मोर्टोकर्पले नेपाली बजारमा भित्र्याएको हो । कारभन्दा महंगो बाइक ८ सय सीसीको डाट्सन रेडी गो गाडीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ तर बेनल्लीको एउटै मोटरसाइकलको त्यो भन्दा बढी मूल्य पर्छ । बेल्ली कम्पनीको ११ सय ३० सीसीको मोटरबाइकलाई मोडल हेरी रुपैयाँ पर्ने र यो स्पेशल अर्डरमा मात्र झिकाइने कम्पनीले जानकारी दिएको छ । nada 1 केटीएम् इन्टरनेशनल ट्रेडिङ प्रा.लि., बेनल्लीको नेपालको आधिकारिक विक्रेता हो । नेपालका लागि नयाँ भए पनि यो कम्पनी विश्वका पुराना कम्पनीहरुमा गनिन्छ । सन् १९११ मा स्थापना भएको बेनल्लीले बाइक र स्कुटरका साथै इलेक्ट्रिक साइकल र माउन्टेन बाइक पनि बजारमा ल्याएको छ । Benelli-TnT25-2-630x524 बेनल्लीले नाडा अटो शोको अवसरमा ६ सय सीसीको मोटरसाईकलको खरिदमा सामसुङ एस सेभेन मोबाइल, ३०० सीसी र २५० सीसीको मोटरसाइकलमा बेल क्वालिफायर हेलमेट र स्कुटरमा सामसुङ जि फाइभ फोन निःशुल्क दिइने कम्पनीले जनाएको छ । सबैभन्दा सस्तो बाइक दुई पांग्र गाडिमा सबैभन्दा सस्तो बाइक होन्डाको न्याभी रहेको छ । यसको मूल्य १ लाख ५४ हजार तोकिएको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले जनाएको छ । यो १ सय १० सिसिको बाइकमा ४ लिटर पेट्रोल अट्ने र ८० किमि स्पीडमा कुद्न सक्छ । सोमा सबैभन्दा सस्तो स्कुटर नै १ लाख ५५ हजारभन्दा माथि छन् । nada-auto-shoe-1-nepalaaja नेपाली भुगोल लक्षित बाइक नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरेर रोयल इनफिल्डले नेपालमा हिमालय नाम गरेको नयाँ बाइक भित्र्याउँदै छ । यो बाइक विवेक अटोमोबाइल प्रा.लि.ले भित्र्याउन लागेको हो । यो बाइक नेपाली बाटोको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । यसको ४११ सिसिको इन्जिन क्षमता रहेको छ भने पाँच प्रकारका इस्पिड ग्यर रहेका छन् । यसका दुई रंग खैरो र खरानी रहेको छ । royal Enfield himalayan ठूला गाडिहरु यस मेलामा टाटा, असोक लोलेन, अइसर, स्कोड जस्ता ठूला गाडिको पनि प्रदर्शनीमा राखिएको छ । ट्रक, बस तथा टिप्परहरु पनि यसको मेलाको आर्कषण बनेका छन् । यस सोमा टायर तथा गाडिमा प्रयोग हुने ब्याट्री समेतको जानकानरी लिन सकिन्छ । nada-auto-shoe-3-nepalaaja सोमा युवतीको प्रयोग टिपिक्क कपडा लगाएर चिटिक्क परेका युवातीहरुले झन् अटो सोकाे आकर्षक देखिन्छ । सवारी साधनबारे सूचना लिन आउने सबैलाई मन्द मुस्कान दिँदै स्वागत गर्दछन् र आफूले जानेअनुसारको सूचना दिने गर्दछन् । नाडा सोमा युवतीहरुको प्रयोग धेरै देख्न सकिन्छ । गाडीको रंगसँग मिल्दो जुल्दो पहिरनसहित बसेका हँसिला युवतीले सोको सुनमा सुगन्ध थपिदिएका छन् । बैंकहरुको लोन त्यस्तै नाडा अटो सोका लागि विभिन्न बैंकहरुले लोनको व्यस्था गरेका छन् । ८० प्रतिशत लोनको व्यवस्था गरेको एनएमबी बैंकले जानकारी दिएको छ । त्यस्तै दशैँ तिहार अफर पनि संचालन गरिएको नाडाले बताएको छ । nada-autoshow अर्थमन्त्रीद्वारा उद्घाटन नाडा अटो मेलाको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेका थिए । मेला आइतबार सकिँदैछ । यो अटो मेला नाडाको ११ औँ संस्करण हो । सातौँ संस्करणसम्म प्रत्येक दुई दुई वर्षमा गर्दै आएको अटो सो आठौँ वर्षदेखिे दशैँ तिहार अगाडि प्रत्येक वर्ष गर्दै आइरहेको छ । https://youtu.be/Wd0khUvcW8s

Benelli Bhirkutimandap nada auto show Pardashani marg Toyota Volkswagen Tiguan

विशेष