दुई सय १९ ग्राहकको विद्युत् लाइन काटियो
भदौ १८ । नेपाल विद्युत् प्राधिकरण बैतडीले विद्युत् महसुल बुझाउन बाँकी ग्राहकको विद्युत् लाइन काटेको छ । गत जेठदेखि हालसम्म विद्युत् महसुल तिर्न बाँकी २१९ ग्राहकको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि प्राधिकरण वितरण केन्द्र बैतडीले यस महिनामा मात्र ७२ ग्राहकको विद्युत् लाइन काटेको छ । ग्राहकले बक्यौता अर्थात् तिर्न बाँकी रकम नतिरेकाले विद्युत्को लाइन काटिएको प्राधिकरण बैतडीका लेखा प्रमुख उत्तम रेग्मीले बताउ ।
विद्युत् महसुल नबुझाउनेमा सरकारी कार्यालय पनि छन् । महसुल नतिर्दा लाइन काटिएका ग्राहकले तुरुन्त बक्यौता रकम बुझाएमा लाइन पुनः जोड्न सकिने रेग्मीले बताउ ।