अर्थ समाज

नेपाल वायुसेवा निगम संकटमा, वरिष्ठ पाइलटद्वारा राजिनामा

नेपाल वायुसेवा निगम संकटमा, वरिष्ठ पाइलटद्वारा राजिनामा

Pailat

भदौ १९ । नेपाल वायुसेवा निगमका वरिष्ठ एयरबस पाइलट रविन्द्रपुरुष ढकालको राजीनामा अस्वीकृत भएको छ । व्यवस्थापनसँग असन्तुष्टि प्रकट गर्दै ५ दिनअघि बुझाएको ढकालको राजीनामा अस्वीकृत भएपनि उनी आउने नआउने टुंगो लागिसकेको छैन ।

एयरबसतर्फका वरिष्ठ पाइलट ढकालले निगमको व्यवस्थापन प्रमुख सुगतरत्न कंशकार र अपरेशन विभाग प्रमुख सुवाष रिजालसँगको मतभेदपछी राजिनामा दिएका हुन् । तर उनको राजिनामा अस्विकृत भएको निगम स्रोतले जनाएको छ ।

‘व्यवस्थापनले क्याप्टेन ढकालको राजीनामा स्विकृत गरेन,’ स्रोतले भन्यो । एउटा सरकारी आदेशले चालकलाई निश्चित अवधिसम्म जागिर छाड्न नपाइने वन्ड (प्रतिज्ञापत्र) गराउने व्यवस्था गरेको छ । यस्ले वायुसेवामा काम गर्ने इन्जिनियर र पाइलटलाई निश्चित अवधिसम्म छाड्न नपाइने भनेको छ । त्यसै आदेश अनुसार, क्याप्टेन ढकालको राजिनामा स्विकृत नभएको हो । उक्त प्रतिज्ञापत्रले निगम छाडेर गए ३० लाख रुपैया हर्जाना र तालिममा लागेको खर्चसहित करिब १ करोड भर्नुपर्ने भनेको छ । ‘हामीले काममा आउन पत्र पठाएका छौं,’ निगम व्यवस्थापन स्रोत भन्छ, ‘यदी अटेरी गरे कारवाही हुन्छ ।’ स्रोतले भन्यो ।

यदी काममा नआए निगमले भविष्यकालागी अयोग्य हुनेगरी पाउनु पर्ने बाकि सुविधा पनि रोक्का गर्ने जानकारी निगम स्रोतले दिएको छ । हाल निगमका दुइटा एयरबस उडाउन नौ जना क्याप्टेनसहित २२ जना पाइलट छन् । भर्खरै संचालनमा आएको निजी एयरलाइन्स हिमालयले आकर्षक तलब सुविधाको अफर गरेपछी निगममा असन्तुष्ट केही पाइलट त्यहा जाने तयारीमा छन् । ‘निगमको व्यवस्थापन कुशल छैन । पाइलटहरुबीच गुटउपगुट छ । तालिममा योग्यलाई नपठाई आफ्नो गुट नजिककालाई छनौट गरिन्छ, त्यस्तो वातावरणमा काम गर्नु भन्दा छोड्नु नै जाती देखीन्छ,’ निगमका एक पाइलटले भने, ‘यदी सेवा सुविधामा पुनर्विचार नगरे अबका केही महिना एयरबस थन्किने अवस्था आउने छ ।’ स्रोतका अनुसार, हाल निगमको जहाज उडाउने पाइलटले मासिक ४ लाख हाराहारी आम्दानी गर्छन भने हिमालयले यस्को दोब्बर दिने अफर दिइरहेको छ । निगमले विदेशी पाइलटलाई भने यसअघि १५ लाख हाराहारी तिरेको थियो । कान्तिपुर

Pailot

विशेष