साहित्य आज

निलम निहारिकाको ‘चीरहरण’लाई पद्यश्री बैरागीले पाए पद्यश्री साधना

निलम निहारिकाको ‘चीरहरण’लाई पद्यश्री बैरागीले पाए पद्यश्री साधना
nilam karki niharika भदौ - १९ । निलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’लाई पद्यश्री र वरिष्ठ साहित्यकार बैरागी काँइलालाई पद्यश्री साधना सम्मान २०७२ बाट सम्मान गरिने भएको छ । आइतबार खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्यश्री र पद्यश्री साधना सम्मान २०७२ प्रदान गर्ने स्रष्टाको नाम घोषणा गरेको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले विज्ञप्ति मार्फत् कार्की र काँइलालाई सम्मान गरिने जानकारी गराएका छन् । प्रतिष्ठानले पद्यश्री पुरस्कारका लागि यस अघि पाँच कृतिको मनोनय सार्वजनिक गरेको थियो । उत्कृष्ट पाँचमा समेटिएका रामला जोशीको कथासंग्रह ‘ऐना’, कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’, गिरीश गिरीको ‘गैह्र–आख्यान वीरगञ्जः मेरो शहरको कथा’ र भूपिनको कवितासंग्रह ‘सुप्लाको हवाईजहाज’लाई पछि पार्दै निहारिकाको ‘चीरहरण’ले पद्यश्री पाएको हो । पद्यश्री र पद्यश्री साधना सम्मान दुवै पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद रहेको छ । बैरागी काँइला पाँच दशकदेखि नेपाली र लिम्बू साहित्य कलम चलाउदै आएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका काँइला विभिन्न साहित्यिक आन्दोलनका समेत अगुवा हुन् । निहारिका र काँइलालाई आगामी कोजाग्रत पूर्णिमामा सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले २०६३ यता प्रत्येक वर्ष नेपाली साहित्यका चर्चित पुस्तकमध्ये एकल वा संयुक्त रुपमा पद्यश्री सम्मान प्रदान गर्दै आएको छ । पद्यश्री साधना सम्मान भने नेपाली साहित्य र कला क्षेत्रमा योगदान पु एवापत प्रदान गरिन्छ ।

chir haran nilam karki padyashree puraskar

विशेष