अर्थ

चिनियाँ अदुवाका तस्करले नेपाली किसानलाई यसरी मारे

चिनियाँ अदुवाका तस्करले नेपाली किसानलाई यसरी मारे

aduwaभदौ २० । मंगलबारयता पूर्वी नाका काँकडभिट्टाबाट भारतले नेपालको अदुवा निकासीमा रोक लगाएपछि व्यापारी र किसान चिन्तित बनेका छन् । तर, धरानका अदुवा निर्याकर्ता नन्दकिशोर शाहलाई भने यो नौल कुरा लागेन ।

कुनै दिन यस्तो अवस्था आउँछ भन्ने उनलाई पूर्वानुमान थियो । नेपाली भन्दै चिनियाँ अदुवा धमाधम भारत निकासी भइरहेकोबारे उनी जानकार थिए । यसले नेपाली अदुवाको बजार तहकसतहस पार्छ भन्ने उनलाई पहिल्यै लागेको थियो । त्यसलैले करिब डेढ महिनाअघि उनले मेची भन्सार कार्यालय, रानी भन्सार कार्यालय, वीरगञ्ज मूल भन्सार र बेहलिया भन्सार कार्यालय रुपन्दैहीलाई चिनियाँ अदिुवको चोरी निकासी रोकिदन माग गर्दै निवेदन दिए । कहीँबाट पनि उनको निवेदनको सुनवाई भएन । नागरिक दैनिकबाट

विशेष