अपराध सुरक्षा

आफू मर्न खोज्दा अरु मारेपछि...

आफू मर्न खोज्दा अरु मारेपछि...

death-selfie3 भदौ २० । भारतको चेन्नइमा आत्महत्या गर्न खोजेका एक व्यक्तिले एक वृद्धा महिलाको ज्यान लिएका छन् । आत्महत्या गर्न खोजेका ३७ वर्षिय सेल्वमुरुगमले आत्महत्याको प्रयास गर्दा ७५ बर्षीय वृद्धा शारदाको ज्यान लिएका हुन् । सेल्वमुरुगले हामफाल्दा वृद्धा शारदामाथि परे जसका कारण उनको त ज्यान बच्यो तर ति महिलाको भने मृत्यु भयो ।

प्रहरीका अनुुसार अटो चालक सेल्वमुरुगले पत्नीसँग सम्बन्ध राम्रो नभएपछि रक्सी धेरै खाएर घरमा धम्की दिएर आत्महत्या गर्न हिडेका थिए । उनको घरपरिवारले उनलाई ध्यान दिएका थिएनन् । ति व्यक्ति आत्महत्या गर्न ३० फिट अग्लो घरमा चढेका थिए । माथिबाट हाम त फाले तर उनी मरेनन् बरु एउटा वृद्धा महिलामाथि बज्रिएर उनलाई मारे । सेल्वामुरुगमलाई टाउकोमा चोट लागेको छ । उनी विरुद्ध प्रहरीले मद्धा चलाएको छ ।

Death In india

विशेष