अपराध सुरक्षा

बाबुराम र प्रधानविरुद्धको अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज

बाबुराम र प्रधानविरुद्धको अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज
Baburam Bahattari-Mukti narayan Pradhan भदौ – २० । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्धको मुद्दा खारेज भएको छ । सर्वोच्चमा परेको अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको हो । पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा पूर्वप्रधानमन्त्री भट्टराईलाई जोडेर नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका तर्फबाट कोमलप्रसाद इटनीले उक्त मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाशीश सुशीला कार्की र वरिष्ठ न्यायाधीश गोपाल पराजुलीसमेतको पूर्ण इजालासले उनीहरुको मुद्दा खारेज गरेको हो । पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्ता पक्राउ परेपछि तत्कालीन महान्यायाधिवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिएका थिए । द्वन्द्वकालको मुद्दा बृहद शान्ति सम्झौता २०६३ अनुरुप बनेको बेपत्ता छानबिन तथा मेलमिलाप आयोगमार्फत नै समाधान हुनेभन्दै प्रधानले उक्त निर्देशन दिएका थिए । डा.भट्टराई हाल नयाँ शक्ति नेपालका संयोजक रहेका छन् भने प्रधान नयाँ शक्तिको कानुन विभाग प्रमुख हुन् ।

Adalat Baburam Bhattari Mukti Narayan Pardhan

विशेष