मेगा बैंकद्वारा नयाँ अभियान सुरु, पारस खड्का र प्रियंका कार्की ‘मेगा सेभिङ स्टार’ नियुक्त

भदाै २० । मेगा बैंक नेपाल लिमिटेडले‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियान सुरु गरेको छ । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले उक्त अभियान मेगा बैंकले सुरु गरेको हो ।
सोमबार राजधानीमा विशेष कार्यक्रमका बीच मेगा बैंकका सिइओ अनिलकेशरी शाहले अभियानको घोषणा गरेका हुन् । हरेक तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखी मेगा बैंकले यो अभियान ल्याएको हाे ।
सिइयाे शाहले भने – ‘अन्य मुलुकको तुलनामा नेपालको बचत दर अत्यन्त न्यून रहेको तथ्यलाई ध्यानमा राख्दै बचत संस्कृतिको विकास गर्न हामीले यो अभियान सुरु गरेका हौँ ।’
बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ ।
‘युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्नुहुनेछ ।,’ सिइओ शाहले भने– ‘यो अभियानको मुख्य उद्देश्य भनेको देशभरका स्कूल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ बानीको प्रोत्साहन गर्दै ‘मेगा सम्बन्ध’ स्थापना गर्ने र मेगा बैंकमा खाता खोली बचत गर्ने बानीको थालनी गर्ने रहेको छ ।’
युवाहरुमा बचत गर्ने बानीको बिउ रोप्न मेगा सेभिङ्स सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका खेल्ने मेगको उनको विश्वास छ गरेको छ ।
‘हलोदेखि हाइड्रोसम्म’लाई आफ्नो मुख्य नारा बनाउँदै आएको मेगा बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत युवा तथा बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएको छ । मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४५ वटा शाखा कार्यालय रहेका छन् । यसैगरी, ४५ वटा एटीएम सञ्जाल छन् ।
देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले १३ सय भन्दा बढी स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।
Anil Keshari Shah
Mega Bank
Parash Khdka
priyanka karki

