नेपालको कानुन कमजोर हुँदा विदेशीले पनि अटेर गर्न थाले
भदौ २१ । अध्यागमन ऐन हदै लचिलो हुँदा नेपालमा नक्कली राहदानी तथा भिसाको प्रयोग र ओभर स्टे –भिसाभन्दा बढी बस्ने) गर्ने विदेशीको संख्या बढ्दो छ । नक्कली राहदानी प्रयोग गर्नेलाई न्यूनतम सजाय, ओभरस्टे गर्नेलाई सामान्य जरिवाना तिरेपछि उन्मुक्ति पाउने र विदेशी नक्कली भिसा प्रयोग गर्नेलाई ऐनमा कारबाहीको व्यवस्थै नहुँदा अध्यागमन ऐन मिच्ने विदेशी बढेका हुन् । ‘कसैले नेपालको भिसा नक्कली गरे भने उनीहरुमाथि हामी कारबाही अघि बढाउन सक्छौं । तर अन्य देशका भिसा नक्कली बनाई नेपालाट उड्न लागेको छ भने त्यस्तालाई हाम्रो कानुनले चिन्दैन’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले भने, ‘यस्तालाई हामीले सिधै डिपोर्ट गर्ने गरेका छौं । – नागरिक दैनिकबाट