अर्थ

तस्करीको सामान छुटाउन केन्द्रबाट सिधै माओवादी नेताको फोन

तस्करीको सामान छुटाउन केन्द्रबाट सिधै माओवादी नेताको फोन

Comrade-Barsha-Man-Pun-aka-Ananta-700-1भदौ २१ । माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेपछि भन्सारछलीका सामान भित्रन शुरु भएको छ । देशका मुख्य भन्सार नाकाबाटै तस्करी निर्वाध हुन थालेपछि भन्सार राजस्व नै घटेको छ । भन्सार र राजस्वका प्रमुखहरुलाई सिधै माओवादी केन्द्रका केही नेताले तस्करीका सामान चेकजाँच नगर्न निर्देशन दिने गरेका छन् ।

६ दिन अघि विराटनगरबाट ४५ लाख रुपैयाँ भन्सार छली गरी आयात गरिएका २ ट्रक पाइन्ट र ज्याकेट बरामद नगर्न माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले राजस्व अनुसन्धान विभाग र भन्सार विभागका महानिर्देशकलाई दबाब दिएको खुलासा भएको छ ।

वर्षमानको फोन गएपछि दुवै निकायले ती ट्रक चेकजाँज गर्न सकेका छैनन । बरु अधिकार नै नभएको भन्सार जाँचपास परीक्षण कार्यालयलाई भन्सार विभागले चेकजाँच गर्न लगाएर नौटंकी देखाइएको छ । दृष्टि साप्ताहिकबाट

विशेष