अर्थ

अन्तिम समयमा नेप्सेमा लाग्यो ब्रेक

अन्तिम समयमा नेप्सेमा लाग्यो ब्रेक
nepseभदौ - २१ । निरन्तर बढिरहेको सेयर बजारमा मंगलबार ब्रेक लागेको छ । कारोबारको सुरुवातमा उकालो लागेको सेयर बजार अन्तिम समयमा आएर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव १० अंकले ओरालो लाग्दा १८३४ दशमलव ८० अंकमा पुगेको छ । कारोबारको सुरुवातमा होटल, उत्पादन तथा वितरण र अन्य समुहको परिसूचक आरालो लागे पनि अन्तिम समयसम्म आइपुग्दा जलविद्युत र वित्त समूह बाहेकका परिसूचक ओरालो लागे । कारोबारमा जलविद्युत समुहको परिसूचक १६ दशमलव ४४ र वित्त समुहको परिसूचक २ दशमलव ६२ अंकले बढेको छ । बाँकी समुहको परिसूचक ओरालो लागेका छन् । कारोबारमा सबैभन्दा बढी होटल समुहको परिसुुचक ७८ दशमलव ९३, बिमा समुहको परिसूचक ४७ दशमलव ४२, उत्पादन तथा वितरण समुहको परिसूचक १५ दशमलव ८२, विकास बैंक समुहको ३ दशमलव ५५, बैंकिङ समुहको २ दशमलव ४२ र अन्य समुहको परिसूचक २ दशमलव ३२ अंकले घटेको छ । कारोबारमा सबै भन्दा कमाउने कम्पनीमा विकास बैंकहरु देखिएका छन् । राप्तिभेरी विकास विकास बैंकको सेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ । यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७ दशमलव ५५ प्रतिशतले बढेको छ । साङग्रीला डेभलपमेन्ट बैंकको ६ दशमलव ६०, हाम्रो विकास बैंक ६ दशमलव १०, कसमस डेभलपमेन्ट बैंक ६ दशमलव ४, ललितपुर फाइनान्स ५ दशमलव २६ प्रतिशतले बढेको छ । यस्तै सोल्टी होटलको ४ दशमलव ७६, बोटलर्स नेपाल(तराई)को ३ दशमलव ९३, सगरमाथा इन्स्योरेन्स ३ दशमलव ९०, किसान माइक्रोफाइनान्स वित्तिय संस्था ३ दशमलव ८९, मिसन डेभलपमेन्ट बैंक ३ दशमलव ८६ प्रतिशतले घटेको छ । १४१ कम्पनीको २२ लाख ६० हजार नौ सय ४३ कित्ता सेयर एक अर्ब ८१ करोड ४० लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ ।

break nepse

विशेष