पर्यटन

जेफाले नयाँ र मनोरम गन्तव्य

जेफाले नयाँ र मनोरम गन्तव्य
भदौ - २१ । मोरङको सिंहदेवीमा सञ्चालित होमस्टेमा पर्यटकको आकर्षण बढ्न थालेको छ । पूर्वी नेपालका पर्यटकीय स्थानमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य बनिरहेको छ । त्यहाँ सुरु गरिएको होमस्टे आगन्तुकका लागि आकर्षण बन्दै गएको छ । jafale morang tourist place जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीका अनुसार अहिले पर्यटनको मौसम नभए पनि जेफालेमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र जेफालेबाट मनोरम दृश्य हेर्नेको लर्काे नै लागिरहेको छ । परीक्षणका रुपमा पाँचवटा घरमा सञ्चालित होमस्टेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था रहेको सचिव ठकुरीको भनाइ छ । मोरङको सिंहदेवीको वडा नम्बर ५ बिहीबारे बजार, जसलाई हाबेचौँरी पनि भनिन्छ । हाबेचौँरी तराईबाट ३४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिन्छ, जुन समुद्र सतहबाट एक हजार मिटरको उचाइमा छ । यस हाबेचौँरीलाई पूर्वका १६ जिल्लाको दृश्यावलोकन गर्न सकिने जेफालेडाँडाको आधार शिविरका रुपमा लिइन्छ ।

Home-stay Jafale Morang

विशेष