अपराध सुरक्षा समाज

खोलाको किनारमा तैरिएको अवस्थामा युवतिको शव फेला

खोलाको किनारमा तैरिएको अवस्थामा युवतिको शव फेला
death-main भदौ २२ । पाल्पाको बाकामलाङ्ग गाविस–६ को साखर्दीखोला र कालीगण्डकी नदीको लितिपिरिङ्ग दोभानमा मङ्गलबार बिहान एक युवतीको शव फेला परेको छ । अन्दाजी १६÷१७ वर्षीया युवतीको शव खोलाको किनारमा तैरिएर रहेको अवस्थामा फेला परेको हो । बाटो हिँड्ने बटुवाले शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन् । शरीरमा लगाएको भित्रि कपडाले मात्र युवतीको शव भन्ने पहिचान भएको प्रत्यक्षदर्शी स्थानीयवासी दानस मल्लले बताए । युवतीले कानमा मुन्द्रा लगाएको र हातमा रक्षाबन्धनको धागो बाँधिएको अवस्थामा शव फेला परेको बताए । युवतीको पहिचान भने खुल्न सकेको छैन ।

Death in Palpa

विशेष