महिला वकिललाई गभर्नर नेपालको दिलबाटै सहयोग
भदौ २२ । गर्भनर चिरञ्जीवी नेपालले ह्वार्रह्वार्ती ढुकुटीबाट पैसा बाँड्न थालेका छन् । राष्ट्र बैंक ऐन २०५८ मा बैंकले कुने पनि व्यक्ति वा संस्थालाई चन्दा, पुरस्कार र सहयोग बाँड्न नपाउने उल्लेख छ । सञ्चाल समितिका सदस्यलाई नियमित अमेरिका यात्रामा पठाएर आफ्नो स्वार्थ पूरा गराएका गभर्नरले एक जना सञ्चालकलाइ भारतमा उपचारकालागि हालै तीन लाख रुपैयाँ पेस्की दिएका छन् ।
ठाडो निवेदनमा नेपालले पेस्की दिनू भनी सही धस्काएका छन् । सञ्चालक बालकृष्णमान सिंहले आफ्नो शरीरमा खटिरा देखिएको र धुलिखेल अस्पतालका डाक्टरले भारत जान सिफारिस गरेको व्यहोराको निवेदन हालेपछि खर्च दिएका हुन् । बै्रक स्रोतका अनुनसार सञ्चालकलाई उपचारका निम्ति पेस्की दिएपछि भोलि उपचार गर्दा लाग्ने खर्च बैंकले स्वतः व्यहोर्नुपर्छ ।
उता, काठमाडौमा हुन लागेको महिला वकिलहरुको सम्मेलनलाई पनि गभर्नरले दिल खोलेर सहयोग गरेका छन् । महिला वकिलले २५ लाख मागेका थिए । गभर्नरले चाहिँ अहिलेलाई ६ लाखले काम चलाउनू, अरु पछि मिलाउँला भन्दै मातहतलाई लेखी पठाएका छन् । जनआस्था साप्ताहिकबाट