अपराध सुरक्षा

होस्टल संचालक यादवको हत्याकाे आशंकामा चार प्रकाउ

होस्टल संचालक यादवको हत्याकाे आशंकामा चार प्रकाउ
भदौ  - २२ । विराटनगर उपमहानगरपालीका –१३ शान्तिचौकमा बीभत्स तरिकाले होस्टल संचालक विनोद यादवको हत्यामा संलग्न रहेको आशंकामा मोरङ प्रहरीले चार जनालाई गएराती प्रकाउ गरेको छ । pakraow पक्राउ पर्नेमा २३ वर्षीय राकेश यादव, २० वर्षीय कृष्ण यादव, २० वर्षीय जितेन्द्र साह र सरोज यादव रहेको छन् । राकेश यादव, कृष्ण यादव र जितेन्द्र साहलाई मध्यराती भारतिय सिमावर्ती क्षेत्र रानीबाट र सरोज यादवलाई सिरहाबाट प्रकाउ गरिएकाे प्रहरीले जनाएकाे छ । सुनसरी औरावनी गाविस –५ का जगदिश यादवका छोरा २१ बर्षीय विनोद यादवको सोमवार राती ओमकार श्रेष्ठको घरमा विभत्स तरिकाले हत्या गरिएको थियो । उनकाे शव टाउको , खुट्टा र जीउ छुट्टाछुट्टै अवस्थामा तन्ना र डसनाले बेरेर राखिएको अवस्थामा फेला परेको थियो । प्रकाउ परेकालाई बुधबार पत्रकार सम्मेलन गरेर सावजनिक गर्ने जनाएको हाे ।

Binod Yadav Mornag pakrao pakrwo Saroj Yadv

विशेष