जागिर लगाई दिने प्रलोभनमा पैसा असुल्ने पक्राउ

भदौ - २२। प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् ।
बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत थापालाई प्रहरीले महेन्द्रनगर बजारक्षेत्रबाट पक्राउ गरेको हो ।
थापाले बेदकोट नगरपालिका– १३ का पदमराज भण्डारी र मिथुन रानाबाट ठूलो रकम लिई ठगी गरेका थिए । पीडित युवकको जाहेरीका आधारमा थापालाई भदौ २० गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।
“ठगी मुद्दा अन्तर्गत थापामाथि अनुसन्धान प्रक्रिया सुरु गरेका छौं” उनले भने । रासस
Jail
pakrawo