अपराध सुरक्षा

प्रहरी र चोरबीच थानकोटमा गोली हानाहान

प्रहरी र चोरबीच थानकोटमा गोली हानाहान

Gunfire भदौ २३ । प्रहरी र चोरबीच थानकोट माथिको चिहानडाँडा जंगलमा गोली हानाहान भएको छ ।  ना १ ज ३९४८ नम्बरको ’टाटासुमो गोल्ड’ गाडीमा आएका चार जनाले प्रहरीमाथि दुई राउण्ड फायर गरेपछि प्रहरीले जवाफी दुई राउण्ड फायर गरेको थियो । गाडीमा शंकास्पद समान ल्याएको आशंकामा प्रहरीले चेकजाँच गरेको थियो । प्रहरी देखेपछि चोरहरु जंगलतिर भागेका थिए ।

गाडी भित्र दुई चौडाई र साढे एक फिट उचाईको पैसा राख्ने ’सेफ’ फेला पारेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी पद्युम्न कार्कीका अनुसार चोरले गोली फायर गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको हो । कार्कीले भने–’अहिलेसम्म कोही हताहत भएको खबर आएको छैन । फरार चोरको खोजीका लागि चिहान डाँडा र चन्खद्रागिरी जंगलमा प्रहरी परिचालन गरिएको छ ।’

Gun Nepal Police

विशेष