अर्थ

कुन नियतले ऊर्जामन्त्री शर्माले नौवटा जलविद्युतको पिपिए रोकिरहेका छन ?

कुन नियतले ऊर्जामन्त्री शर्माले नौवटा जलविद्युतको पिपिए रोकिरहेका छन ?

Janardan Sharmaभदौ २४ । ऊर्जामन्त्री जनार्दन शर्माले पदभार सम्हालेको भोलिपल्ट अर्थात भदौ १ गते विद्युत प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भनेका थिए, ‘यहाँ १० हजार मेगावाट बिजुली अहिल्यै खपत हुन्छ तर प्राधिकरणले पिपिए नै रोकेपछि कसरी हुन्छ जलविद्युत विकास ?

यस्तो अभिव्यक्ति दिने ऊर्जामन्त्रीले प्राधिकरण सञ्चालक समिति बैठक चार सातादेखि रोकेर नौवटा जलविद्युत आयोजनाको पिपिए रोकेका छन् । उनी आफैं प्राधिकरणको अध्यक्ष भएपछि र आफूले भनेका व्यक्तिलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेपछि मात्र बैठक शुरु गर्ने जानकारी आफू निकटलाई दिएका छन् । ‘मन्त्रीको यो रणनीतिलको सिकार प्राधिकरण बनेको छ । स्रोतले भन्यो, ‘नियमित काम ठप्प हुने स्थितिमा पुगेको छ ।’

वर्षौं लगाएर पिपिएको प्रक्रियामा पुगेका नौवटा आयोजनामध्ये कतिपयका लाइसेन्सका म्याद सकिन लागेका छन् भने कतिपयका कनेक्सन एग्रिमैन्ट पूरा हुन लागेका छन् । अन्नपूर्ण पोस्टबाट

विशेष