कथा: अर्कैसँग सल्किने बानी
कथा
काम सिकाइ दिनु भन्ने माथिल्लाे अादेशपछि दीपिकासँग सम्बन्ध नजिकिएकाे थियाे । एउटै उमेरका हामी विचार मिल्यो । कामहरू संगै मिलेर गर्न थाल्यौं । काम गर्दा गर्दै सम्बन्ध अात्मिए हुन थाले । एक अर्काका भावना साटासाट हुन थाले । ब्रेकमा सधैं संगै खाजा खाने बानी बस्याे । कहिलेकाही अफिस नअाउँदा उदास लाग्ने । झट्पटी हुने । खाजा खानै मन नलाग्ने ।
दिन फरक भए । पहिचान फरक । फरक सम्बन्ध । खुल्ला संस्कृतिकाे भुत चलेकाे थियाे । उदार साेच थियाे नवयुवाहरूकाे । त्यसैअनुसार विचार पैदा भएका थिए । शिक्षित वर्गकाे घमण्ड पनि उस्तै थियाे । अफिसमा हाम्राे बारेमा राम्रा नराम्रा कुरा चल्न थाले । यस्ता कुरा वास्तै हुन छाेडे । चल्ने, जिस्किने, मस्किने जस्ता कुरा सामान्य हुन थाले । वास्तवमा भन्नू पर्दा लाज पचिसकेकाे थियाे ।
-------------
विवाहकाे वार्षिकोत्सब थियाे । वार्षिकोत्सबका लागि श्रीमती छुट्टि लिएर अाएकी थिइन् । उनी निकै खुसी भएकी थिइन । उनकाे खुसी मै मेराे खुसी थियाे । हामी धेरै समयसम्म पार्टी दिने विषयमा छलफल गर्याैं । श्रीमतीले विशेष कार्यक्रम गर्ने याेजना बनाइन् । कुरा ठीकै लाग्याे ।साथीहरूलाई पनि बाेलाउने कुरा भयाे । उनका र मेरा सबै साथीलाई साँझकाे रमझमका लागि अामन्त्रण गरियाे ।
हाम्राे विवाह भएकाे तीन वर्ष भइसकेको थियाे । दुबैले पहिला केही अार्थिक जाेहाे गर्ने अनि मात्र सन्तानकाे बारेमा साेच्ने याेजना बनाएका थियौं । त्यसै अनुसार दुबै कामका ब्यस्त थियौं। अाअाफ्नै जागिर । एक अादा महिना मात्र भेटघाट हुन्थ्यो । याे वार्षिकोत्सबकाे लागि हामीले हप्ता लामाे छुट्टि लिएका थियाैं । विभिन्न ठाउँमा घुम्न जाने याेजना थियाे ।
हामी स्कुल जीवनदेखि नै एकअर्कालाई मनपराउँथ्याैं । साथी जिस्क्याउँदा जिस्क्याउँदै प्रेम बसेकाे थियाे । पछि त्यही स्कुले प्रेम विवाहमा परिणत भयाे । हाम्राे मायाप्रेम देखेर परिवार एकदमै खुसी थिए । छिमेकमा हाम्राे प्रेम उदाहरण बनेकाे थयाे । तर, साथीहरू भने डाहा गर्थे ।
---------
अाज दीपिक अतिनै सुन्दर देखिएकी थिई । गएर झ्याप्प अंगालो हालाैं जस्तै लागेकाे थियाे । सबैकाे अगाडि लाज पचाउने कुरा पनि त भएन । नजिकै अाई र उसकाे श्रीमान्सँग परिचय गराइ । श्रीमान पनि निकै ह्यान्डसम, तर मभन्दा कमै थिए । किनकि उसकी श्रीमती मप्रति फिदा थिई । मैले पनि श्रीमतीसँग परिचय गराएं । एकअर्काकाे खुबै तारिफ गरे । गहनागुडिया, पहिरन, ह्यर स्टाइल के के हाे के के ।