अपराध सुरक्षा

पाँच किलो चरेससहित दुईजना पक्राउ

पाँच किलो चरेससहित दुईजना पक्राउ
pakraowभदौ–२५ । पकनाजोलमा दुई व्यक्ति पाँच किलो चरेससहित पक्राउ परेका छन् । उनीहरुले धादिङबाट ठमेलका लागि सो मात्राको चरेस ल्याएका हुन् । ब्यागमा पाँच किलो चरेस बोकेर ल्याएको अवस्थामा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नारायणप्रसाद खनाल र चित्रबहादुर तामाङलाई पक्राउ गरेको हो । दैलेख चिगौडी ५ का नारायणप्रसाद खनाल स्वयम्भूमा बस्दै आएका थिए भने धादिङ भुमेस्थान ३ का चित्रबहादुर तामाङ थानकोटमा बस्दै आएका थिए । प्रहरी वृत्तका अनुसार यी दुवैले धादिङबाट ठमेलमा प्रतिकिलो ३० हजारमा चरेस बिक्री गर्न चरेस काठमाडौं ल्याएको बताइएको छ ।

Charesh drugs pakrwo

विशेष