अपराध सुरक्षा

बाल यौन दुराचारकाे आरोपमा अमेरिकी नागरिक पक्राउ

बाल यौन दुराचारकाे आरोपमा अमेरिकी नागरिक पक्राउ
A little girl poses for photographs to illustrate the topic of child abuse in Canberra, Monday, Oct. 28, 2013. (AAP Image/Lukas Coch) NO ARCHIVING भदौ – २६ । काठमाडौंमा संगठीत रुपमा सिन्डिकेट संचालन गरी बालकलाई ललाइ फकाई विदेशी यौन दुराचारीहरुलाई उपलब्ध गराउने गिरोह सक्रिय रहेको छ । केन्दीय अनुसन्धान ब्यूरोले सो गिरोहमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो । ब्यूरोले लामो अनुसन्धानपछि बालकको यौन शोषण गरेको आरोपमा एक अमेरिकी नागरिक र एक नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक ४८ वर्षीय केनेथ जोसेफ कोम रहेका छन् । त्यस्तै उनलाई सहयोग गर्ने काठमाडौंको स्वयम्भू बस्ने २१ वर्षीया लुन्चे भन्ने बुद्ध पुतवार रहेका छन् । ब्युरोले काठमाडौंको ठमेलस्थित अमेरिकी नागरिक बस्दै आएको यम्बु होटेलबाट पाँच जना पीडित बालकको उद्धार गरेको छ । कोम्बस् सोही होटेलमा बसी पटक पटक बालबालिकामाथि यौन दुराचार गर्दै आइरहेको ब्युरोले बताएको छ । कलिला बालकहरुको सिण्डिकेट संचालन गरी यौन शोषण भइरहेको भन्ने ब्यूरोलाई प्राप्त गोप्य सूचनाका आधारमा ब्यूरोले ठमेल लगायतका क्षेत्रमा नियमित निग्रानी थालेको थियो । अमेरिकी नागरिक कोम्बस् पटक पटक नेपालमा आइ सहयोगी मार्फत विभिन्न स्थानबाट दर्जनौँ बालबालिकालाई प्रलोभनमा पारी होटेलमा ल्याइ यौन शोषण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अमेरिकी नागरिक कोम्बस् र उनका सहयोगी विरुद्ध ब्यूरोले काठमाण्डौ जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत म्याद लिई थप अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

Child-sexual-abuse Sexual harassment

विशेष