अपराध सुरक्षा

राष्ट्रिय क्षयरोग केन्द्रको महिला शौचालयमा पुरुषको शव

राष्ट्रिय क्षयरोग केन्द्रको महिला शौचालयमा पुरुषको शव
भदौ - २७ । राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको शौचालयमा शङ्कास्पद अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । death-main केन्द्रको महिला शौचालयमा अन्दाजी ४५ वर्षका एक पुरुषको शव फेला परेको केन्द्रका निर्देशक विकास लामिछानेले जानकारी दिए । शौचालय सफा गर्न सफाइ जाने मजदुरले बाहिरबाट चुकुल लगाइएको शौचालयभित्र पुरुषको शव फेला पारेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए । लामिछानेले भने – “स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै मृत्यु भएको हुनसक्छ । प्रहरीलाई बोलाएर शव बुझाएका छौँ । के कारणले मृत्यु भयो खोज्ने काम प्रहरीको हो ।” अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अन्य बिरामीले आइतबार पनि आएका उक्त बिरामी आज पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन् । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ । मृतकको साथबाट कुनै पनि कागजपत्र नभेटिएको पहिचान हुन सकेको छैन । रासस

Death in toilet राष्ट्रिय क्षयरोग केन्द्र

विशेष