अपराध सुरक्षा

बुद्ध एकेडेमीका अध्यक्षविरुद्व मुद्दा दायर

बुद्ध एकेडेमीका अध्यक्षविरुद्व मुद्दा दायर
भदौ – २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिविरुद्व आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको छ । bises adalat मुद्दा दर्ता गरिएकामा बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय, जोरपाटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम वाङछेन शेर्पा, अखिल नेपाल हिमाली बौद्ध सङ्घका अध्यक्ष सोनाम छिरिङ शेर्पा र अखिल नेपाल हिमाली बौद्ध सङ्घका महासचिव नरबहादुर वुढाथोकी रहेका छन् । विद्यालयमा विभिन्न दाताहरुले दिएको रकम हिनामिना गरी विद्यालयनै बन्द भएपछि विद्यालयमा भएको भ्रष्टाचारको अनुसन्धान गरी आवश्यक कारबाही गरिदिन आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा आरोपित व्यक्तिहरुले अनुसन्धान अधिकृतलाई अनुसन्धान अघि नबढाउन रु १० लाख घुस दिँदै गर्दा पक्राउ परेका उनीहरुलाई आज मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । आयोगले अभियुक्तविरुद्ध बिगो रु १० लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन र रिसवत बापतको रकम रु १० लाखसमेत जफत हुन माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

Bishes Adalat Muddha Dayar

विशेष