अपराध सुरक्षा

दुई नक्कली डाक्टर पक्राउ

दुई नक्कली डाक्टर पक्राउ
भदौ – २७ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । Doctro in Jail पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नपा–१३ घर भई हाल संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा जनकपुर–१५ घर भई जनसेवा डेन्टल हस्पिटल, पथरी, मोरङमा कार्यरत सञ्जिवकुमार साह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाले भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी चिकित्सक भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यता ब्यूरोले व्यक्तिहरुको चिकित्सा अभ्यासबाट पीडित कोही भए आवश्यक कारबाहीको लागि जानकारी दिनसमेत सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।

Doctor Pakrao

विशेष