अनुगमनका नाममा सरकारले देखाएको नाटक सकियो, कालोबजारी गर्ने एकजनालाई पनि कारबाही भएन
भदौ २८ । दसैं नजिकिँदै जाँदा आपूर्ति मन्त्रालयको सक्रियतामा शुरु भएको विशेष मौसमी अनुगमन रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा आपूर्ति मन्त्रालयले निकै तामझाम गरी विभिन्न सरोकारवाला निकायको सहकार्यमा शुरु गरेको अनुगमन १९ दिनमै रोकिएको हो ।
१९ दिनसम्म भएको अनुगमनमा कालेबजारी गर्नेमाथि कुनै पनि काबारही हुन सकेन । प्रधामन्त्री दाहालको ठाडो आदेशमा आपूर्ति मन्त्रालयको टोली, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभाग, नेपाल आयल निगम, खाद्य संस्थान, औषधि व्यवस्था विभाग, पशुपंक्षी क्वारेन्टाइन, नेपाल प्रहरी, उपभोक्तावादीसहित १० वटा सरोकारवाला निकायको १२ वटा कार्यदल बनाएर काठमाडौं उपत्यकाका सानोदेखि ठूलो व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । –अन्नपूर्ण पोस्टबाट