अर्थ

नेपालको मुहार नै फेरिने यस्तो योजनाको प्रगति शून्य

नेपालको मुहार नै फेरिने यस्तो योजनाको प्रगति शून्य

HydroEmissions_main_1011भदौ २८ । मुलुकमा ठूलो आर्थिक प्रगति गर्ने सम्भावना बोकेका २१ राष्ट्रिय गौरवका आयोजनामध्ये अधिकांशको प्रगति निराशाजनक देखिएको छ । राजनीतिक अस्थिरिता, अस्थिर नीति, सरकारपिच्छे कर्मचारी फेरबदल गर्ने प्रवृत्ति, बजेट अभावलगायतका कारण मुलुकको विकास बजेटको ठूलो अंश ओगटेका ती आयोजनाको प्रगति हुन नसकेको हो ।

भौतिक प्रगति केही सन्तोषजनक देखिएका कतिपय राष्ट्रिय गौरव आयोजनासमेत निर्धारित मितिभन्दा ढिलो मात्रै सम्पन्न हुने देखिएको छ । झन्डै आधा दर्जन आयोजनाको भौतिक प्रगति त शुन्य नै छ । बहुचर्चित आयोजनाहरु पश्चिम सेती, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्रयाक, हुलाकी राजमार्गलगायतको भौतिक प्रगति शुन्य रहेको छ ।

लोडसेडिङ घटाउने महत्वपूर्ण योगदान गर्ने १२ सय मेगावाटको बहुचिर्चत बुढीगण्डकी जलविद्युत आयोजनामा विस्तृत इन्जिनियरिङ अध्ययन डिपिआर तयारा पार्ने काम भइरहेको छ । त्यसमा भौतिक निर्माण शुरु भएकै छ्रैन । डिपिआरपछि टेन्डर डकुमेन्ट्स तयार पारेर मात्र निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । यो आयोजना बनाउन २ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान छ, तर सरकारले त्यति ठूलो रकम कसरी जुटाउने भन्ने गृहकार्यसमेत गरेको छैन । –कान्तिपुर दैनिकबाट

विशेष