
भदौ - २८ । नेपाली बजारमा मंगलबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार भने तोलामा १ सय रुपैयाँ बढेर ५८ हजार ८ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन ५८ हजार ५ सय ५० रुपैयाँ र असली चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।
आइतबार भने छापावाल सुन प्रतितोला ५८ हजार ७ सय, तेजावी सुन ५८ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको थियो । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ५८ हजार ९ सय, तेजावी ५८ हजार ६ सय ५० र चाँदी ८ सय ८० रुपैयाँमा कारोवार भएको थियो ।
sunko mulya