अर्थ

पंक्चर हुने टायर अब नेपालका हवाईजहाजमा लगाउन नपाइने

पंक्चर हुने टायर अब नेपालका हवाईजहाजमा लगाउन नपाइने

tyre

भदौ २९ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा दर्ता भई अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनीका जहाजमा ‘मिचेलिन’ कम्पनीका टायर प्रयोगमा रोक लगाएको छ ।

हाल राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको ‘हिमालय एअरलाइन्सले काठमाडौंबाट अन्र्राष्ट्रिय उडान गरिरहेका छन् । ती मध्ये वायुसेवा निगमले डेढ वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरी ल्याएका दुई थान ‘ए ३२०–२००’सिरिजका जहामा मिचेलिनका टायर प्रयोग गरिरहेको छ ।

निगमका ए ३२० जहाजमा रहेका टायर लगातार तेस्रो पटक पंक्चर भएपछि प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागले अर्को निर्णय नभइञ्जेल प्रयोगमा रोक लगाएको हो । –नागरिक दैनिकबाट

विशेष