अपराध सुरक्षा यौन-शिक्षा

राजधानीमा मौलाउदै देहव्यापार, खाजाघरको आवरणमा कोठी संचालन

राजधानीमा मौलाउदै देहव्यापार, खाजाघरको आवरणमा कोठी संचालन

Germany's Escort Girls Anticipate Increasing Demand During World Cup

भदौ २८ । बालकुमारीको एक खाजाघरमा सधै भिड लाग्थ्यो, तर, खाना खाना नभई युवती खोज्दै ग्राहक त्यहाँ पुग्ने गरेका रहेछन् । गत साता प्रहरीले छापा मार्दा त्यो रहस्य खोल्यो खाजाघरको आवरणमा त्यहां कोठी संचालन भएको रहेछ, जहा निर्वाध यौनधन्दा हुने गथ्यो ।

गत साता महानगरीय प्रहरी वृत्त सातदोबाटोले छापा मार्दा खाजाघरकी सञ्चालिका सहित ६ जना पक्राउ परे । पक्राउ पर्नेमा कोठीका संचालिका सहित ६ जना थिए । बालकुमारी क्षेत्रमा खाजाघरको आवरणमा वेश्यावृत्ति हुने गरेको सादोबाटो वृत्तका प्रहरी उपरिक्षक रामेश्वर यादवले बताए । राजधानीका धेरै स्थानमा यसैगरी खाजा घरको आवरणमा वेश्यावृत्तिको धन्दा हुने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै मुख्य पर्यटकिय क्षेत्र ठमेलमा पछिल्लो समय त्यस्तै देहव्यापारको धन्दा बढेको छ । ठमेल क्षेत्रमा दलालहरु सडकमै ग्राहक खोज्दै गरेको देखिन थालेका छन् । होटलका संचालकहरुले समेत दलाललाई ग्राहक खोज्न पठाउन गरेको सोह्खुट्टे प्रहरी वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनिहरुले ग्राहक खोजेर यौनकर्मीकोमा पुर्याउने र उनिहरुबाट कमिसन लिने गरेको पाइएको छ ।

किशोरीहरुलाई काम दिने भन्दै देहव्यापर पेशामा लगाउने समेत गरिएको छ । बेरोजगारको समस्याले ग्रसित युवतिहरुलाई यौनधन्दामा लगाउने गरे डिएसपी राठौरले बताए । सशस्त्र द्वन्द्वका बेला यो पेशा विकराल बनिसकेको थियो तर प्रहरीको निगरानी पछि विस्तारै कमि आएको थियो । प्रहरीको कडाइपछि फ्ल्याट भाडामा लियर गोप्य रुपमा यौनधन्दा चल्न थाल्यो । त, अहिले फेरि रत्नपार्क तथा ठमेल क्षेत्रमा खेलेआम देहव्यापारको मोलमोलाई हुन थालेको छ ।

Dehabyapar Thamel Kathmanu

विशेष