अपराध सुरक्षा समाज

महिला अधिकारको कुरा गरेर नथाक्ने महिलाको घरमै महिला हिंसा

महिला अधिकारको कुरा गरेर नथाक्ने महिलाको घरमै महिला हिंसा

gharelu-hinsa

भदौ २९ । महिला अधिकारका चर्का कुरा गर्ने महिलाले नै घरमा बुहारीमाथि हिंसा गरेको खुलासा भएको छ । महिला अधिकारको बिषयमा चर्का कुरा गर्ने नम्रता शर्माले बुहारी शुभेच्छा घिमिरेलाई अनेक लान्छना लगाउने र कुटपिट गरी अन्ततः झन्डै आत्महत्याकै बाटो रोज्न विवश पारेको समाचार पीडित पक्षले बताएको छ ।

नम्रता शर्माले २०७० मा एक्लो छोरा प्रणव शर्माको विवाह एक प्रतिष्ठित परिवारकी कन्या शुभेच्छा घिमिरेसँग गरेकी थिइन् । शुभेच्छाको परिवारले घरको पहिलो सन्तानको विवाह धुमधामसँग गरेको थियो । दाइजो सुनमात्र बीसौं लाख रुपैयाँ बराबरको दिएको थियो । भारतको जेएनयुबाट माष्टर डिग्री पास गरेकी शुभेच्छा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थिन् । विवाह गरेको एक हप्तासम्म उनी कार्यालयमा गइनन् । एक हप्तापछि उनी जब कार्यालय जान थालिन, नम्रता शर्मा र उनका छोरा प्रणवले अनेक लान्छना लगाउन सुरु गरे । लान्छना लगाउनेमात्र होइन, केही दिनपछि उनीहरु दुवै मिलेर बुहारीमाथि कुटपिट गर्न थाले । हिंसाको शृंखला यसरी बढ्दै गयो कि शुभेच्छाले कुटाइ नखाएको दिन नै हुन छाड्यो । उनले नम्रताको परिवारबाट हिंसा र यातना भोग्दै गइन् । नम्रता र उनको परिवारबाट हिंसाको शिकार भएकी शुभेच्छाले माइतीको इज्जत प्रतिष्ठाका खातिर हिंसाको पराकाष्टा नै सहिन् ।

श्रीमान प्रवीण सुध्रलान् भनेर उनी यति सहिन, तर जति सह्यो त्यति हिंसाको शृखला बढ्दै गयो । शुभेच्छाका बाबुआमाले छोरीको मुखभरी घाउ र जीउभरी निलडाम देखेपछि आत्तिए । छोरी टोलाइरहने र डिप्रेसनको शिकार भएपछि उनीहरु नम्रता शर्मासँग कुरा गर्न गए । उनले अबदेखि त्यस्तो नहुने कुरा गरेपछि फर्किए । तर माइतीसँग हिंसा नगर्ने सहमति गरेकी नम्रताका आमाछोराले थप हिंसा गर्न थाले । माइती जान प्रतिबन्ध लगाइयो । खान नदिने, कुट्ने क्रम बढेपछि एक दिन शुभेच्छाले आत्महत्याको प्रयास गरिन् जुन कुरा बेलैमा माइती पक्षले थाहा पाएर उनको उद्दार र्गयो ।

पीडित शुभेच्छाले सासु नम्रता र श्रीमान प्रणवले महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा ८ महिनाअघि गुनासो दर्ज गरिन् । तर महिला अधिकारका कुरा गरेर नथाक्ने नम्रता शर्माले प्रहरीसामु आदर्शका कुरा गरिन् । शुभेच्छाका माइती पक्षले नम्रता र उनका छोराको हिंसाबाट आजित भएकाले सम्बन्ध विच्छेद र अंशमुद्दा दिए । तर नम्रता शर्माले छोरा प्रणवलाई २०६३ मै अंशबापत रकम नै लिएको भनी कागज गराएकाले शुभेच्छाले अंश पाउनबाट बन्चित हुने भएकी छिन् । छोरो प्रणव १६ बर्ष पुग्नेवित्तिकै उनले अंशबापत पैसा लिएको कागज गराएको पाइएको छ । नम्रताको बानेश्वरमा घर जग्गा लगायत १५ करोड रुपैयाँभन्दा बढी सम्पत्ति छ । उनका एकमात्र छोरा प्रणवमात्र सन्तान हुन् । तर उनले ती छोरालाई २०६३ मै अंशबापत रकम लिएको कागज गराएकाले उनको नियत उजागर भएको छ । २०६३ मा अंशबापत पैसा लिएको भने पनि नम्रताले छोरा प्रणवलाई भारतमा इन्जीनीयरीङ अध्ययन गर्न र विवाह गराउँदा लगानी गरेकी छिन् । उक्त लगानी कुन स्रोतबाट गरियो त्यसको स्रोत पनि सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागमा शुभेच्छाले खोज्न सक्ने बाटो खुल्ला रहेको पीडित माइती पक्षका अभिभावकले कानुनी परामर्श गरिरहेका छन् ।

आमा नम्रताको आदेशमा बुहारीमाथि हिंसा गर्ने क्रम बढेपछि श्रीमानको उपचार गर्नका लागि शुभेच्छाले अस्पताल लाने प्रयास गरिन् । अस्पताल लगे रोगको पहिचान हुने र श्रीमानको बानीबेहोरा सुध्रने आशामा शुभेच्छा थिइन् । तर सासु नम्रताले अस्पताल लान समेत नदिएको पीडित शुभेच्छाले  बताइन् । महिला अधिकारका चर्का कुरा गर्ने नम्रताले बुहारीमाथि हिंसामात्र गरेकी छैनन, बुहारीका २० औं लाखको दाइजोबापतको सुनका गहना समेत पचाएको गुनासो शुभेच्छाले गरिन् ।

Gharelu Hinsa Namarata Sharma

विशेष