कर्णालीमा अन्न पुर्याउँदाको दुरावस्थाः चामलको मूल्य ४१, ढुवानी खर्च १६०
भदौ ३१ । नेपाल खाद्य संस्थानले चामलको मूल्यभन्दा चार गुणा बढी रकम खर्चिएर कर्णालीमा चामल ढुवानी गरेको छ ।
प्रतिकिलो ४१ रुपैयाँको चामल हुम्ला पुर्याउँन १ सय ६० रुपैयाँ बढी खर्च गरेको हो । कर्णालीबासीलाई खाद्यन्न व्यवस्था गर्न सरकारले चामलको मूल्यभन्दा चार गुणा बढी रकम तिरेर ढुवानी गरेको हो । गत वर्षको खडेरीले त्यहाँका जनता भोकमरीको चपेटामा परेको भन्दै चामल किन्दा भन्दा करोडौं रकम खर्च गरेको छ ।
हुम्लाको श्रीनगर र सर्केगाढ क्षेत्रमा चामपल पुर्याउन अस्वभाविक रुपमा रकम खर्चेर चामल पुर्याईको हो । सुर्खेतबाट चामल ढुवानी गर्न करिब १६ हजार रुपैयाँ खर्च भएको नेपाल खाद्य संस्थानले जनाएको छ । –नागरिक दैनिकबाट