ओटोमोबाइल

यामाहाको नयाँ शोरुम लालबन्दी सर्लाहीमा

यामाहाको नयाँ शोरुम लालबन्दी सर्लाहीमा

Yamaha भदौ ३१ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सर्लाहीको लालबन्दीमा आफ्नो सेवा विस्तार गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर लालबन्दी ट्रेड लिंकमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले लालबन्दीमा यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरेको हो ।

Yama

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि उद्योग वाणीज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्र र एमएडब्लु यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट – एजीएम दिपक रौनियारले गरेका थिए । उद्घाटनअघि बजारमा यामाहा मोटरसाइकलहरुको र्याली आयोजना गरिएको थियो । पचास भन्दा बढी यामाहा मोटरसाइकल तथा स्कुटर सम्मिलित र्यालीले फुलजौर, नवलपुर, हरिवन र बागमतीको परिक्रमा गरेको थियो ।शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहेका छन् । जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् । लालबन्दी ट्रेडलिंकमार्फत ‘थ्रि एस’सहित फाइनान्सिङ र रिकन्डिसनको सेवा पनि उपलब्ध हुनेछ ।

Yamaha Showroom In Lalbandi

विशेष